प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई भेट गरेका छन्।खनाल निवास डल्लु पुगेर देउवाले भेट गरेका हुन्।भारतबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका खनाललाई देउवाले भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन्।प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गरेको र खनालको स्वास्थ्य अवस्थाबारे छलफल गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए। खनाललाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि डल्लु पुगेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति