गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद एकीकृत समाजवादीमा

काठमाडौं, १७ भदौ । एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा(एकीकृत समाजवादी)मा लागेका छन्।बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन्। २०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्।एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति