एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

काठमाडौं, १७ भदौ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ । संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो ।एकीकृत समाजवादीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति