काठमाडौं, १७ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने संकेत गरेका छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेपनि मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तथा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको थियो ।भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समसामयीक विषयमा कुराकानी भएको बताए । मन्त्रिपरिषद् विस्ताबारे पनि कुराकानी भयो होला नि भन्ने प्रश्नमा उनले भने, ‘२२÷२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन ।’
मन्त्रिपरिषद् विस्तारबारे २३ गतेसम्म कसैले चुइक्क गर्दैन – अध्यक्ष नेपाल
प्रतिक्रिया