श्रेष्ठ सचिवमा बढुवा, अर्याल र ओली बने सहसचिव

काठमाडौं, १६ भदौ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तीन निजामती कर्मचारीको बढुवा गरेको छ । सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् । हाल उनी निर्वाचन आयोगको प्रवक्ता छन् । यस्तै सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गरेको कार्कीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति