नक्कली अन्तःशुल्क स्टिकर उत्पादन तथा वितरण गर्ने गिरोहका नाइके पक्राउ

धनगढी, १६ भदौ । आन्तरिक राजस्व विभागले धनगढी आन्तरिक राजस्व कार्यालयको सहयोगमा नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने गिरोहका नाइकेहरुलाई नियन्त्रणमा लिएको छ । राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउदलाई नियन्त्रण लिएको हो ।

उनीहरुले अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत वितरण गर्ने कार्यमा सक्रिय रहेको विभागका एक अधिकारीले बताए । उक्त गैर कानुनी क्रियाकलापमा संलग्न दुबै अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएको ती अधिकारीको भनाई छ ।

“सिंह र साउदले पटक पटक भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत ससाना डिष्ट्रिलरीमा वितरण गर्ने काम गरेको भेटिएको हो,” ती अधिकारीले भने । सिंह र साउद आफैले सञ्चालन गरेको वेष्टर्न लिकर्स मसुरिया कैलाली मार्फत पनि नक्कली स्टिकरको प्रयोग गरी कारोबार गरेको भेटेपछि विभागले निगारीमा राखेको थियो । निज अभियुक्तहरुलाई अन्तःशुल्क ऐन २०५८ अनुसार कारबाही हुनेछ । धनगढी आन्तरिक राजस्व कार्यालयका कर्मचारीसंग गएको प्रहरीको टोलीले पक्राउ गरि हिरासतमा राखेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति