म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य

काठमाडौँ,१६ भदौ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेकोे बताएकी छन् । बुधबार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै आफू कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् ।

‘म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन,’ मुख्यमन्त्री शाक्यले भनिन् । आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजन प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् । मुख्यमन्त्री शाक्यले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने बताइन् ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेतृ शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए । एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board