चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ ।

पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेको थियो ।

बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति