जसपा लुम्बिनी : निर्वाचन आयोगले बनायो निर्मला मुडभरीलाई समानुपातिक सांसद

काठमाडौँ,१६ भदौ। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)को रिक्त समानुपातिक प्रदेश सभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएकी छन्। पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले सांसद कल्पना पाण्डे लम्साललाई कारबाही गरेपछि सो पद रिक्त थियो।

जसपा एक हुनुअघि राजपाको तर्फबाट बन्द सूचीमा पाण्डेपछिको क्रममा रहेकी भट्टराईलाई निर्वाचित गर्न जसपाले सिफारिश गरेको थियो। रिक्त रहेको पदमा जसपाको साउन ३२ को सिफारिशअनुसार भदौ १० गतेको बैठकले भट्टराईलाई निर्वाचित गर्ने निर्णय गरेको पत्र निर्वाचन आयोगले लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा पठाएको छ।‍आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई मंगलबार पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका छन्।

साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्दसूचिमा रहेका उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख गरेको छ।एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादवलाई जसपाले गरेको कारबाहीअनुसार प्रदेशसभाले सांसदबाट पदमुक्त निलम्बन गरेको थियो।पदमुक्त गरेपछि पाण्डेसहितका ३ जनाले सर्वोच्चमा दिएको मुद्दा भने विचाराधीन छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति