मन्त्रिपरिषद् बैठक सकियो: सहसचिवको बढुवा देखी हुम्ला सीमा क्षेत्रमा आएका समस्याबारे अध्ययन गर्न समिति गठन सम्मका भए निर्णय ?

काठमाडौँ,१६ भदौ। बुधबार बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानुन विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको हो ।

यस्तै सरकारले हुम्लाको चीन सीमावर्ती क्षेत्रमा उत्पन्न सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । नाम्खा गाउँपालिकाको लिमी, लाम्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय भएको न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गर्नेलाई सरकारले प्रोत्साहन स्वरूप एक लाख रूपैयाँ दिने भएको छ । मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आरोहीहरूलाई सरकारले एक लाख रूपैयाँ दिने निर्णय गरेको बताए ।

पाकिस्तानमा रहेको सो हिमाल आरोहण गर्ने नेपाली पर्वतारोहीहरूलाई सरकारलाई नगद दिन लागेको हो । १० जनाको टोलीमा रहेका प्रत्येक पर्वतारोहीहरूलाई एक लाख रूपैयाँ दिन लागेको हो । उनीहरूले जाडो याममा केटू आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए ।

यस्तै सरकारले समाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने निर्णय भएको छ, बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

बैठकले माओवादी सेनाका घाइते, अगंभंगभएका लडाकु, र सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएकाहरूका साथै दोस्रो जनआन्दोलन र मधेश आन्दोलनका घाइते लागि पुनर्स्थापना एवं हेरचाहका लागि बनाइएको निर्देशिका संशोधन गर्ने निर्णयसमेत गरेको छ । यस्तै स्विस सरकारबाट प्राप्त हुने दिगो तथा सम्मानित रोजगारीका लागि १ अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरिएको मन्त्री कार्काीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board