भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं – नेपालका प्रशिक्षक

काठमाडौं, १६ भदौ । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ ।त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने नभएको बताए । उनले अघि भने, ‘तर हामीले दुवै खेल जित्नैपर्छ ।

फिफा र्‍याङ्किङका लागि जित्न जरुरी छ ।’यो दुई खेल जित्न सक्ने हो भने नेपालको र्‍याङ्किङ ७/१० स्थान माथि जानसक्ने उनले बताए ।नेपालविरुद्ध खेल्न भारतलाई जति कठिन छ, नेपाललाई पनि जित्न त्यही नै कठिन भएको उनले बताए ।

विगतको रेकर्ड पनि भारतको पक्षमा रहेको उल्लेख गर्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘तर हामी पनि नयाँ गोर्खाली हौं, इतिहास र विपक्षी नहेरी रिजल्टका लागि खेल्छौं ।’ कप्तान किरण चेम्जोङले पनि भारतविरुद्ध खेल्न सहज नहुने बताए । तर दुई महिनादेखि आफूहरुले तयारी गरेको भन्दै उनले भने, ‘शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि हामी बलियो छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति