प्रदेश १ का १० सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा

मोरङ, १६ भदौ । नेकपा एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) मा खुलेका प्रदेश १ प्रदेशसभाका सदस्यहरुले आज सनाखत गर्दैछन । आज विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदहरुले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दैछन् ।

समाजवादीमा आवद्ध भएका १० जना प्रदेश सांसदमध्ये नेता राजेन्द्र राई, कृष्णाकुमारी राई र गणेश काङ्माङ पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।‘एमाले छाडेर समाजवादी पार्टीमा आवद्ध भएका हामी सबै (१०) सांसद सनाखतका लागि निर्वाचन कार्यालय जाने तयारीमा छौ,’ नेता राईले भने, ‘निर्वाचन कार्यालयमा जान आवश्यक कागजी प्रकृया पनि पुरा भइसकेको छ ।

’प्रादेशिक निर्वाचन कार्यालयमा ११ बजे गएर सनाखतको गर्ने उनले बताए । राईको नेतृत्वमा समाजवादीमा आबद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भएपनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन पछि धकेलिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति