निजामती दिवसको अवसरमा प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण

काठमाडौं, १६ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा वृक्षरोपण गरेका छन् । यस वर्षको निजामती दिवसको अवसर पारेर सो वृक्षरोपण कार्यक्रम अयोजना गरिएको हो । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण लगायतका उच्च पदाधिकारीको सहभागिता रहेको थियो । निजामती दिवस भदौ २२ गते मनाइँदैछ । यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्नसमेत आग्रह गरेको छ ।

४१ लाई निजामती पुरस्कार

यस वर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने विभिन्न निजामती सेवा पुरस्कार ४१ जनाले प्राप्त गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले र निजामती सेवा पुरस्कार ३० जनाले गरी ४१ जनाले पुरस्कार प्राप्त गर्न लागेको जनाएको छ ।सरकारले निश्चित मापदण्डका आधारमा प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा निजामती सेवा नियमावली अनुसार कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति