खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

काठमाडौं, १६ भदौ । नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डल्लु पुगेका छन्।खनालको निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ। खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका थिए।खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। नेकपा एसका वरिष्ठ नेतासमेत रहेका खनालसँग सरकार विस्तार तथा कम्युनिस्ट एकताको बारेमा पनि कुरा भएको खनालको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति