देउवा सत्तारोहणको ५० दिन: सरकार विस्तारमा अझै बहानाबाजी

काठमाडौँ, १५ भदौ ।  प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको आज ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छ्रैन । सत्ता गठबन्धनका दलहरूको आन्तरिक व्यवस्थापन मिलाउने नाममा प्रधानमन्त्री देउवाले मुलुकको शासन सञ्चालनका काममै सम्झौता गरिरहेका छन् । देउवा सरकारमा कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री छन् । कांग्रेसबाट बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री छन् । २८ असारमा सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा गठबन्धन सरकारको प्रधानमन्त्रीमा सपथ लिएका देउवाले ५० दिनसम्म पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देउवाले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत भने ३ साउनमै लिएका थिए । उनलाई विश्वासको मत लिन हतार थियो तर विश्वासको मत लगे सगै संसदलाई विजनेस विहिन बनाए अन्नत त्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बाटो हिड्न पुगे । एका एक संसद बन्द गरे अध्यादेश ल्याए । अध्यादेशबाट माधव नेपालाई सहज हुनेवितिकै सरकार गठन गर्ने भनिएपनि अब भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित दलहरू भित्रको आन्तरिक व्यवस्थापन पूरा भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइ्एको छ । देउवानिकट एक नेताका अनुसार नेकपा (एस) का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तारका लागि केही दिन पर्खिदिन आग्रह गरेपछि देउवाले मन्त्रिपरिषद् विस्तारलाई एक सातापछि धकेलेका हुन् । ‘नवगठित दलहरूभित्र निर्वाचन आयोगका कार्यालयहरूमा नेताहरूको सनाखत गर्ने सिलसिला छ ।

त्यो नसकुन्जेल मन्त्रिपरिषद् विस्तार नगरौँ भन्ने उहाँहरूको प्रस्तावका कारण अहिले तत्कालै मन्त्रिपरिषद् विस्तार रोकिएको हो,’ ती नेताले भने । स्रोतकाअनुसार नेपाल र यादवले मन्त्रिपरिषद् विस्तारलाई लिएर पार्टीमा नेता कार्यकर्ता आउने वा जाने हुनसक्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि थप समय मागेका हुन् । अहिल्यै मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्र नेताहरूको सनाखतका क्रममा दल अदल–बदलको डर भएका कारण नेपाल र यादवले थप समय मागेको स्रोतको भनाइ छ । यसअघि पनि नेपाल नेतृत्वको दल दर्ता प्रक्रियामा रहेका कारण मन्त्रिपरिषद् विस्तार हुन ढिलाई हुँदै आएको थियो । मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुने भएपछि कांग्रेसबाटै को–को मन्त्री हुने भन्ने टुंगिएको छैन । बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भन्ने समाचारका आधारमा कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मंगलबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयले प्रवेश पाएको थियो । बैठकबाटै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवालाई फोन गरेका थिए ।‘हामीले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल गर्‍यौँ, तर अहिल्यै मन्त्रिपरिषद् विस्तार नहुने भएपछि नामका विषयमा छलफल भएन,’ केन्द्रीय सदस्य बलबहादुर केसीले भने, ‘बैठकबाटै सभापतिज्यूलाई फोन गर्दा उहाँले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताउनुभयो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति