सुदूरपश्चिमका १० प्रदेश सांसद नेकपा (एस) रोजे

काठमाडौं, १५ भदौ । एमाले सुदूरपश्चिमका १० जना प्रदेश सांसदले नेकपा(एकीकृत समाजवादी) पार्टी रोजेका छन् । प्रदेशसभामा एमालेका कूल २४ जना सांसद (सभामुख बाहेक) मध्ये १० सांसदले मंगलबार एमाले छाड्दै नवगठित नेकपा (एस) रोजेका हुन् ।

नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा ९एस० पार्टी रोजेर सनाखत गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।नेकपा९एस०मा भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तमाङ र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि सनाखत गर्ने मन्त्री जोशीले बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति