“भदौ २२ पछि मात्रै मन्त्रिमण्डल विस्तार”

काठमाडौँ, भदौ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिमण्डल विस्तार नगर्ने भएका छन्।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अझै एक साता मन्त्रिमण्डल विस्तार नगर्ने संकेत गरेका हुन । बालुवाटारमा सत्तारूढ गठबन्धनका दलका शीर्ष नेताहरू मन्त्रिमण्डल विस्तार लगायतका विषयमा दिनहुँजसो छलफल गरे पनि कुरा मिल्न सकेको छैन।गठबन्धनका दलले कसले कति र कुन मन्त्रालय पाउने भन्ने अझै निश्चित भइसकेको छैन।

यसबारे फेरि पनि गठबन्धन बैठक गरेर निर्णयमा पुग्ने भन्दै आज बालुवाटारमा बसेको बैठक सकिएको थियो। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि भदौ २२ गतेसम्म कुर्ने कांग्रेसका नेताहरू बताउँछन्। माधवकुमार नेपाल अध्यक्ष रहेको नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने वा नजाने भदौ २२ गतेसम्म निर्णय गर्न निर्वाचन आयोगले प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई समय दिएको छ।निर्वाचन आयोगले दिएको उक्त समय कटाएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने पक्षमा प्रधानमन्त्री देउवा छन्। प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद विस्तार नहुने कुरा वरिष्ठ नेता पौडेललाई बताएका छन्। बोहराटारस्थित पौडेल निवासमा मन्त्रिमण्डल विस्तार हुँदा आफ्ना पक्षबाट क-कसलाई मन्त्री पठाउने र १४ औं महाधिवेशनमा को सभापतिको उम्मेदवार बन्ने भन्ने एजेन्डामाथि छलफल भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति