सिस्टमका उपकरणहरू निकाल्न निकै समय लाग्ने थियो, काम नलाग्ने बनाएर आयौं : अमेरिका

काबुल, १५ भदौ । अमेरिकाले अफगानिस्तान छोड्नुभन्दा अघि दर्जनौं जहाज, बख्तरबन्द गाडी र अन्य उपकरण काम नलाग्ने बनाएको छ। सोमबार राति अमेरिकी सेनाले काबुल विमानस्थल छोड्दा दर्जनौं जहाज, बख्तरबन्द गाडी र रकेटलाई आकाशमै ध्वस्त पार्ने उपकरण काम नलाग्ने बनाएको हो। अमेरिकी सेनाको मध्य कमाण्डका प्रमुख जनरल केनेथ म्याककेन्जीले हमिद कारजाई विमानस्थलमा भएका ७३ वटा जहाज फेरि उड्न नसक्ने बनाइएको बताएका छन्।

‘अब ती जहाजहरू कहिल्यै उड्ने छैनन्, कसैले पनि तिनलाई उडाउन सक्ने छैन,’ उनले भनेका छन्। उनले ७० वटा एमआरएपी बख्तरबन्द र २७ वटा हुम्भी गाडी पनि प्रयोग गर्न नसकिने बनाइएको जानकारी दिए। ‘ती सवारी पनि अब फेरि कसैले प्रयोग गर्न सक्ने छैन,’ उनले भने।काबुल विमानस्थललाई रकेट आक्रमणबाट जोगाउन सकियोस् भनेर जडान गरिएको सी-आरएएम सिस्टम पनि काम नलाग्ने बनाइएको छ। त्यो सिस्टमका उपकरणहरू निकाल्न निकै समय लाग्ने थियो। त्यही भएर हामीले काम नलाग्ने बनाएर आयौं,’ जनरल म्याककेन्जीले भने।

अमेरिकी सैनिकले पछिल्लो दुई साता काबुल विमानस्थल सञ्चालन गरेको थिए। सोमबार अमेरिकी सेनाको अन्तिम कार्गो जहाज उडेपछि तालिबानले विमानस्थल पनि आफ्नो नियन्त्रणमा लिएको छ।मंगलबार बिहान तालिबान लडाकुहरूले विमानस्थलमा परेड खेलेका थिए। उनीहरू विमानस्थलको पार्किङमा भएका जहाजमा गएर ककपिटमा बसेका थिए भने तस्बिर पनि खिचेका थिए।तालिबानहरूले अब विमानस्थलबाट नियमित उडान गर्ने जनाएका छन्। तर उनीहरूले विमानस्थल कसरी चलाउँछन् भन्ने स्पष्ट भइसकेका छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति