अफगानिस्तानमा टिभी प्रस्तोता : उनी निकै आत्तिएको देख्न सकिन्छ तर अफगानी जनतालाई नआत्तिन आग्रह गरे (भिडियोसहित)

काठमाडौँ, १५ भदौ ।   अफगानका टेलिभिजन समाचारवाचकले तालिबान लडाकूको बीचमा हेडलाइन पढ्दै गर्दा उनी निकै आत्तिएको देख्न सकिन्छ । तर यतिबेला उनले अफगानी जनतालाई भने नआत्तिन भने ।

बन्दुक बोकेका तालिबानी लडाकूको बीचमा बसेर समाचार पढिरहेको भिडियो क्लिप टिभी स्टुडियोले अनलाइनमा सेयर गरेका छन् । तालिबानी लडाकू स्टुडियोको भवनमा प्रवेश गरेको र समाचारवाचकलाई तालिबानको प्रशंसा गर्न अह्राएको डेलीमेल बताएको छ ।बीबीसीका याल्दा हाकिमले आइतबार उक्त भिडियो राख्दै ट्वीट गर्दैै लेखेका छन्, ‘अफगानिस्तान टिभी– वास्तविकता ।’‘हालको राजनीतिक बहस अफगान टिभीमा जस्तो देखिन्छ, तालिबानका लडाकू टिभी प्रस्तोतामाथि निगरानी गर्दै ।’‘टिभीका प्रस्तोताले गानी सरकार ढलेको र इस्लामिक इमिरेट्सले अफगानी जनतालाई नडराउन आग्रह गरेको जानकारी दिए ।

’४२ सेकेन्डको क्लिपलाई १० लाख बढीले हेरिसकेका छन् । उक्त भिडियोमा आठ हतियारधारी लडाकूले उनलाई घेरिरहेको देख्न सकिन्छ ।तालिबानी लडाकू आइतबार टिभी स्टुडियोको भवनभित्र प्रवेश गरेको र कार्यक्रम प्रस्तोतालाई उनको अगाडि नै बोल्न माग गरेको बताइन्छ ।पर्दाज नाम दिइएको उक्त कार्यक्रममा प्रस्तोताले समूहलाई सहयोग गरिदिन पनि मानिसमाझ अपिल गरेका छन् ।न्यूजरुम भित्रको फुटेज सेयर गर्दै एटिलात्रोज र काबुलनाउका प्रकाशक जाकी दार्याबीले ट्वीटरमा लेखे, ‘यो एउटा यस्तो चिज हो जसलाई एटिलात्रोजले कुनै पनि हालतमा सहन सक्दैन ।’
‘यस्तो भए हामीले बरु काम नै बन्द गरिदिनेछौं ।’ इरानी पत्रकार मासिह अलिनेजाडले उक्त भिडियो रिट्वीट गर्दै लेखे, ‘यो वास्तविक दृश्य हो ।’‘तालिबानी लडाकू यी डराइरहेका टिभी प्रस्तोताको पछाडि बन्दुक लिएर पोज दिइरहेका छन् र अफगानिस्तानका जनता इस्लामिक इमिरेट्ससँग डराउनु पर्दैन भनेर उनलाई भन्न लगाइरहेका छन् । ’‘तालिबान आफैंमा लाखौं मानिसहरुका लागि डरको पर्याय हुन् । यो अर्को एउटा प्रमाण हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति