कलाकार निशा घिमिरेको बारेमा नर्भिक अस्पतालले बोल्यो – यस्तो छ उनको स्वास्थ्य अवस्था


काठमाडौं, १५ भदौ । सडक दुर्घटनामा गम्भिर घाइते भएर नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निशाको अवस्थामा खासै सुधार नभएको जानकारी दिइयो । दुर्घटनापछि घिमिरेको ब्रेनमा ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले समेत अहिले कोसिसका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।

निशाको उपचारको नेतृत्व गरेका डा। पंकज जलानले सबै विकल्पमा गएर उपचार गरिएको तर, सुधार नआएको बताए । उनका अनुसार निशाको दुर्घटनामा ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेको पूर्णरुपमा सामान्य हुने अवस्था छैन ।

केही म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेकी निशाको उद्दार गरि अस्पतालले निःशुल्क उपचार गर्दै आएको थियो । हालसम्म निशाको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भएको र उपचारका लागि नर्भिकले कसैबाट पनि सहयोग नलिएको समेत अस्पतालले जनाएको छ ।

निशाको उपचारका लागि संकलन गरिएको रकमबारे अस्पताल अनभिज्ञ रहेको समेत बताइएको छ । पत्रकार सम्मेलनमा निशाका बुवा प्रेम घिमिरेले छोरीलाई लिएर टीकटक लगायतका सामाजिक संजालमा भ्रामक भिडिओ पोस्ट भएको भन्दै कार्वाहीको माग गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board