बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक


काठमाडौँ, १५ भदौ ।  बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले गठबन्धन बैठक जारी रहेको सेतोपाटीलाई बताए।

गठबन्धन बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत छन्।गठबन्धनका शीर्ष नेतासहित नेताहरू सोमबार पनि बालुवाटारमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री र माओवादीबाट २ मन्त्री मात्रै सहभागी गराएर देउवाले मन्त्रिमण्डल बनाएका थिए।

जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी दल पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ। सबै दललाई मन्त्रालय भागबन्डा गरेर मात्रै देउवाले मन्त्रिमन्डल विस्तार गर्न लागेका छन्। अन्य दलले मन्त्रीहरूका नाम नदिएकोले मात्रै मन्त्रीमण्डल विस्तारमा ढिलाइ भइरहेको कांग्रेसका नेताहरू बताउँछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति