पेरिस, १५ भदौ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा १२ वर्ष अध्यक्ष रहेका ज्याक रगको आइतबार ७९ वर्षको उमेरमा निधन भएको छ । आईओसीले रगको निधन भएको पुष्टि गरेको छ । आईओसीका आठौं अध्यक्ष रहेका उनले सन् २००१ देखि २०१३ सम्म विश्व खेलकुदको सर्वोच्च निकायको प्रमुख भएर चलाएका थिए । उनको स्थानमा आएका थोमस बाख अहिले पनि आईओसीका अध्यक्ष हुन् । ‘सबैभन्दा पहिला र सबैभन्दा महत्त्वपूर्ण उनलाई खेलकुद मन पर्थ्यो र खेलाडीसँग बस्न मन पराउँथे, उनले यो जोस आफूलाई चिन्ने सबैसामु पठाए । खेलकुदमा उसको खुसी अधिक थियो,’ बाखले रगबारे भनेका छन् । रग अर्थोपेडिक सर्जन थिए । बेल्जियमबाट रग्बीमा १६ क्याप जितेका उनी सेलिङ खेलका विश्व च्याम्पियन थिए । उनले यो खेलबाट सन् १९६८, १९७२ र १९७६ मा गरी तीन पटक ओलम्पिक खेलेका थिए ।
प्रतिक्रिया