काठमाडौं, १४ भदौ । नेकपा (एस)का नेता झलनाथ खानालले एमालेमा फुटाएको नभएर विद्रोह गरेको बताएका छन् । भारतमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
नवौं महाधिवेशनमा अहंकारी गुटले नेतृत्व कब्जा गरेको थियो । त्यही कारणले पार्टीमा चीरा परेको हो, खनालले भने, ओलीको पार्टी भनेको दक्षिणपन्थी अवसरवाद, फुटवादको प्रतिक हो,त्यसैले हामीले त्यसका विरुद्ध विद्रोह गर्नुपरेको हो । हाम्रो रगत र पसिनाले बनाएको पार्टी भए पनि ओलीले एमालेलाई दक्षिणपन्थी भासमा पुर्याउनुभयो ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित दलका नेता तथा भ्रातृ संगठनका नेताहरुले खनाललाई स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले ७० वर्ष पार गरिसकेकाले कार्यकारी पदमा नबस्ने जानकारी गराएका छन् । खनाल एमाले अध्यक्ष हुँदा नै केन्द्रदेखि जिल्ला तहसम्म कार्यकारीमा निर्वाचित वा मनोनित हुनका लागि ७० वर्षको व्यवस्था गरिएको छ । खनाल ७१ वर्षका भए । उनले मिर्गौला प्रत्यारोपणपछिको नाफाको जीवन भएको बताए ।
खनाल दिल्लीमै हुँदा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो र विभाजित भएको थियो । दिल्लीबाट नेकपा एस गठनका लागि हस्ताक्षर गरेका खनाल सो दलले स्थायी कमिटीका सदस्य हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि असार २ गते दिल्ली पुगेका खनालको इन्द्रप्रस्थ एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सञ्चारकर्मीहरुलाई अध्यक्ष नेपालले एमाले सुधार हुने नदेखेपछि विद्रोह गरेर नयाँ दल गठन गरेको बताए । भदौ २ गते नयाँ दल गठन गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको नेकपा एसले गत साता मान्यता प्राप्त गरेको थियो ।
ुचैतको पहिलो साता भएको राष्ट्रिय कार्यकर्ता भेलाबाट हामीले विभिन्न जिल्लामा गठन देखाएको थियौं । अहिले त्यही कमिटीहरु धमाधम घोषणा गरेर नेकपा एसमा समाहित हुँदैछन, अध्यक्ष नेपालले भने, एमाले सुधार नहुने देखेपछि हामीले नयाँ दल गठन गरेका छौं । संसद् विघटन मात्रै होइन नेकपाको विघटन आफ्नो कुर्सी जोगाउन केपी शर्मा ओलीले गर्नुभयो ।
प्रतिक्रिया