दिल्लीबाट फर्किएका झलनाथ खनाल विमानस्थलमा

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वेदेश फर्किएका छन् ।

खनाललाई स्वागत गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।दिल्लीबाट आज फर्किएका नेता खनाल त्रिभुवन विमानस्थलमा आइपुगेका छन् ।नेता खनालले भारतको एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए ।उनले उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् । खनालले भारतबाटै आफ्नो वारेसनामा निर्वाचन आयोगमा पठाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board