पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना संक्रमण : १६ को मृत्यु

काठमाडौं, १४ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।त्यस्तै, १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।हाल सक्रिय संक्रमित ३५ हजार ८७४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३।९ प्रतिशत रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति