नक्कली कागजात पेश गरेको भन्दै एमबीबीएस र बीडीएसको आरक्षण कोटाबाट ८ जनालाई हटाइयो (पत्रसहित)


काठमाडौं, १४ भदौ । एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकालेका ८ जनाको नाम चिकित्सा शिक्षा आयोगले योग्यता क्रमबाट हटाएको छ ।
आयोगका अनुसार गलत कागजात पेश गरेको उजुरी परेका उनीहरुको कागजात पुनस् छानविन गर्दा सही हुन नसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको हो ।नाम हटाइनेहरुमा आदीवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका बीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा परेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरे रहेका छन् ।यस्तै खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठ रहेका छन् । उनीहरुले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको भन्ने काजगात पेश गरेका थिए । तर त्यसमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो । छानविनका क्रममा उनीहरुले पहिले पेश गरेको काजगात सही नभएपछि हटाएको आयोगले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति