काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुबीच मन्त्रपिरिषद् विस्तारका लागि छलफल भएको थियो । यी विविध विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि स्थायी कमिटीको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङले जानकारी दिए । आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा भने मन्त्रीपरिषद्लाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा र सरकारको गतिविधि अगाडि बढाउने विषयमा निर्णय भएपनि व्यक्तिगत कुनै विषयमा निर्णय हुन नसकेको पनि गुरुङले बताए । बैठकमा मन्त्रीपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दै
प्रतिक्रिया