बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौं, १४ भदौ ।मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बैठक भएको हो।बैठक आज बिहान ९ :३० बजेदेखि जारी छ। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले गठबन्धनको बैठक जारी रहेको जानकारी दिए । प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्नेबारे सत्तारूढ गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति