लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाएर १३ पुर्‍याइयो

रूपन्देही, १४ भदौ । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीसहित १० मन्त्रालयबाट बढाएर १३ मन्त्रालय बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।

यस्तै, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षाविज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बन्ने छन् ।अहिले लुम्बिनीमा ३ जना बिना विभागीयसहित ७ सदस्यीय मन्त्रिपरिषद् छ । कांग्रेस, माओवादीसहितको गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रालय बढाएसँगै केसीले मन्त्रीमण्डल पनि विस्तारको तयारी गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति