नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द

काठमाडौं, १४ भदौ । लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ ।

सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । काठमाडौं सँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board