मेस्सीको डेब्यू खेलमा एम्बाप्पेले गरे गोल


काठमाडौँ, १४ भदौ । लियोनल मेस्सीको डेब्यु गरेको खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि केलियन एम्बाप्पेले गोल गरेका छन् ।

आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोलले हराएको हो । नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए ।
वैकल्पिक खेलाडीको रुपमा मेस्सी ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे ।जितसँगै पीएसजी ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्सको ३ अंक मात्र छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति