सभामुखले कलंकको टीका लगाए : प्रमुख सचेतक भट्टराई

काठमाडौं, १३ भदौ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले कलंकको टीका लगाएको टिप्पणी गरेका छन् । एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिस गरेका १४ सांसदको पद जोगाएर सभामुख सापकोटाले कलंकको टीका लगाएको उनको भनाइ छ ।भट्टराईले एमालेलाई जसरी पनि फुटाउनुपर्छ भन्ने सभामुखको इच्छा पूरा भएको समेत आरोप लगाए । उनले भने, ‘पहिले नै सभामुखले जे भूमिका खेल्नुहुन्छ भन्ने डर लागेको थियो त्यही भयो । यो भन्दा निर्लज्जता केही हुँदैन । सभामुख अग्नि सापकोटाले सभामुखको रुपमा कलंकको टीका लगाउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति