एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि बम आक्रमण भएको छ । आइतवार साँझ विमानस्थल नजिकै रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
काबुल विमानस्थल नजिकैको खावजा बुग्र भन्ने स्थानको एक घर वस्तीमा आक्रमण भएको हो । रकेट आक्रमणपछि ठूलो आवाजमा विस्फोट र धुवाँको मुस्लो देखिएको बताइएको छ ।
काबुल विमानस्थललाई तालिबानले नियन्त्रणमा लिने तयारी गरिरहेका बेला भएको रकेट आक्रमणले त्यहाँको सुरक्षा चिन्ता बढाएको छ ।
रकेट आक्रमणबाट भएको क्षतिबारेमा केही विवरण आइसकेको छैन । केही दिनअघि काबुल विमानस्थल नजिकै दुई शक्तिशाली विस्फोट हुँदा १३ अमेरिकी सैनिकसहित १५० जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया