राम्दी, १३ भदौ । स्याङजा र पाल्पाको सिमानास्थित राम्दीमा पूजा गरी खाजा खान बसेका तीर्थयात्री बसेको घरमाथिको मनपुवा डाँडा खस्दा वालिङकी धनमाया मगरको घटनास्थलमै मृत्यु भएको छ । राम्दी प्रहरी अस्थायी बिटले दिएको जानकारी अनुसार तीर्थयात्री खाजा खान बसेको बेला सामान्य होटलकारुपमा रहेका उक्त घरमाथिको मनपुवा डाँडामा पहिरो आएको हो ।
पहिरोमा परी ४ घरमा क्षति पुगेको छ । उक्त घरभित्र रहेका अर्का एकको अवस्था अज्ञात छ भने घाइते २ जनाको उद्धार गरी युनाइटेड मिसन अस्पताल तानसेन पठाइएको छ । सिद्धार्थ राजमार्गमा पर्ने उक्त स्थान स्याङजा र पाल्पाको सिमाना रहेको राम्दी कालिगण्डकीबाट करिब १ सय मिटर यता पर्छ ।
प्रहरीले जनाएअनुसार मृतकको उमेर करिब ४५ वर्ष रहेको छ । हाल घटनास्थलमा स्याङजा र पाल्पाका प्रहरीहरुले जेसिबीमार्फत अज्ञात व्यक्तिको खोजीकोसाथै सडक खुलाउने कार्यमा जुटेका छन् ।

प्रतिक्रिया