पछिल्लो २४ घण्टामा थप एक हजार ३८८ जनामा कोरोना संक्रमण : आज पनि निको हुने धेरै


काठमाडौं, १३ भदौ । लगातार तेस्रो दिन आज आइतवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ६० जना कोरोनाका सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार सात सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर र तीन हजार ३८ जनाको एन्टिजेन गरी १० हजार दुई सय ९७ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ४७ प्रतिशतमा सङ्क्रमण देखिएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४२ हजार एक सय ९३ पुगेको छ ।

यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय १४ पुगेको छ ।

अहिले नेपालमा ३५ हजार सात सय ९६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय २५ जनाको आईसीयू र एक सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति