न्यायका लागि लड्ने हामीहरु आफ्नै लागि लड्नुपर्यो : नेता नेपाल

काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले जति प्रयास गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न नसकिएको बताएका छन् ।

पार्टी विभाजन अघि आलीलाई सुधार्न अनेक प्रयास गरेपनि सफल नभएको उनले बताए । संसदीय दलको बैठकमा सम्बोधन गर्दै नेता नेपालले भने, ‘ओली सुध्रिन सकेनन्, सुध्रनु भन्दा पनि मानेनन् । पार्टीको भविष्य के होला भनेर चिन्ता थियो। न्यायका लागि लड्ने हामीहरु आफ्नै लागि लड्नुपर्यो।’एमालेको अध्यक्षमा निर्वाचित भएदेखि नै ओलीले अत्याचार गर्दै आएको स्मरण गर्दै नेता नेपाले बजेट बाँडफाँटमा पनि विभेद भएको बताए । उनले भने, ‘ओलीको अत्याचार सहँदै सहँदै आयौँ । ।बजेट बाँडफाँटमा पनि विभेद गरे। ओलीले अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे।’ उनले आफ्नो पार्टी राजनीतिमा एक एउटा चम्किलो तारा र सूर्य उदाएको पनि बताएका छन् । उनले भने, ‘नेपाली राजनीतिमा एउटा नयाँ तारा उदाएको छु । एकीकृत समाजवादीको नाममा नयाँ सूर्य उदाएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति