काठमाडौँ, १३ भदौ ।तालिवानले अफगानीहरुलाई सवारी साधन, हतियार, गोला बारुद र अन्य सरकारी सम्पत्ति सम्बन्धित अधिकारीहरुलाई हस्तान्तरण गर्न आदेश दिएका छन।
जिओ न्यूजका अनुसार तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ट्विटरमा यो निर्देशन जारी गरेका छन्।
प्राप्त समाचार अनुसार इस्लामिक इमिरेट्स सुरक्षा द्वारा गरिएको घोषणामा काबुल शहरमा सबै सवारी साधन, हतियार, गोला बारुद, वा अन्य सरकारी सम्पत्ति छन्, एक हप्ता भित्र सम्बन्धित अधिकारीहरु हस्तान्तरण गर्न सूचित गरीएको छ।
प्रवक्ता जबिहुल्लाहले उनिहरुलाई कुनै कानूनी कारबाहीबाट बच्न सूचित गरेका छन।
प्रतिक्रिया