पहिरोले त्रिभुवन राजपथ ठप्प


धादिङ,१३ भदौ । अविरल वर्षातका कारण त्रिभुवन राजपथस्थित नौबिसे चिसापानीमा पहिरो गएपछि राजमार्ग ठप्प भएको छ । बिहान सवा ८ बजे पहिरो गएपछि सवारी साधनहरु राजमार्गमै रोकिएका छन् ।बिहीबारदेखि नवलपरासी र मुग्लिन रोकिएर सास्ती खेपेका हजारौं यात्रुहरुलाई आइतबार बिहान राजधानी पुग्ने समयमा उक्त पहिरोले फेरि रोकिदिएको छ । सवारी चापले उपकरण ल्याएर पहिरो हटाउन समस्या भइरहेको छ । खानीखोलास्थित प्रहरी निरीक्षक दुर्गा थापाले नागढुंगा र खानीखोलामा रहेका उपकरणहरु पहिरो हटाउनका लागि आउँदै गरेको जानकारी दिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति