काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालले आफ्नो आधिकारिक वेवसाइटको सुरुवात गरेको छ । वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । युवा संगठनलाई डिजिटल मैत्री बनाउने उदेश्यले वाइसीएलले वेबसाइट सञ्चालन ल्याएको जनाएको छ । वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने जानकारी दिए । वाइसीएलले आफ्नो राष्ट्रिय भेला पनि भर्चुअल माध्यममार्फत गरेको छ ।
संगठनलाई डिजिटल मैत्री बनाउने उदेश्यले वाइसीएलको वेवसाइट उद्घाटन
प्रतिक्रिया