काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ९ भदौमा नयाँ दलको वैधानिकता पाएको छ । तर दलको नेता भने चयन भएको छैन ।दलको नेता चयन गर्न आइतबार संसदीय दलको बैठक बोलाइएको छ । यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् ।तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्ने
प्रतिक्रिया