वर्तमान सरकारले नै निर्वाचन गराउँछः अध्यक्ष डा. भट्टराई

काठमाडौं, ११ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन्। धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताए।

संविधानअनुसार यो सरकार बनेको बताउँदै उनले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए। “हामी कसैको प्रभावमा पर्नु हुँदैन”, उनले भने, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन।” उनले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताए। डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुगेका हुन्। जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति