काठमाडौं, भदौ ११ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ ।
शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।बिहीबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।‘केन्द्रीय कमिटी बैठकले निर्णय गरिसकेको छ ।
उक्त निर्णयअनुसार आवश्यक तयारी भइरहेको छ, सम्भवत हामी आइतबार निवेदन दर्ता गर्छौ’, तामाङको भनाइ छ । ’एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जतिसक्दो चाँडो अदालत जानेगरी आन्तरिक तयारी भैरहेको बताए । ‘हाम्रा कानुन व्यवसायीहरूसँग छलफल भइरहेको छ । यहि दिन भन्ने छैन तर जतिसक्दो चाँडो नै जान्छौ’, नेम्वाङको भनाइ छ । त्यसलाई मान्यता नदिन मुद्दा दायर गर्ने तयारी गरेको हो। यसअघि नै एमालेले पार्टीले माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेकोले ती सांसदको सनाखत नगराउन निर्वाचन आयोगलाई आग्रह गरेको थियो। हामीले सरकारले ल्याएको अध्यादेश गलत थियो भनेका थियौुं, ती केन्द्रीय सदस्यले भने, अध्यादेशलाई आधार मान्ने हो भने पनि पार्टीले कारबाही गरेका मान्छेको सनाखत गरिएको छ। त्यसैले केन्द्रीय समितिले निर्णय गरे हामी मुद्दामा जान्छौं।
एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी आयोगलाई पठाएका थिए। सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था कानुनमा छ। निर्वाचन आयोगले हतार हतार त्यति समय नपर्खि निर्णय गरेको छ, ती केन्द्रीय सदस्यले भने, आयोगले तत्काल सनाखत गर्नुपर्ने कुनै कारण थिएन। सभामुखले विचाराधीन राखेको सांसदलाई कारबाही गर्ने विषयमा निर्णयमा पुग्नु हुन्थेन। नेकपा एमालेबाट विभाजन भएर बुधबार माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ।
COMMENTS