संवैधानिक परिषद्को मुद्दाको पेशी आउँदो शुक्रबार, प्रधानन्यायाधीश बिदा बस्ने

काठमाडौं, ११ भदौ । संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबार (भदौ १८ गते)का लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ ।सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने भएका छन् । उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।यो मुद्दामा अन्तिम सुनवाइका बेला पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् । बीचको अवधिमा भने नियमित रुपमा काम गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति