‘एसएमजी’ हतियार प्रकरण : छानबिन प्रतिवेदन जङ्गी अड्डामा (यस्तो थियो घटना)

काठमाडौँ, ११ भदौ । चितवन स्थित सेनाको कालिबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणमा ट्विस्ट आएपछि सेनाले त्यसबारे छानबिन गरेको छ । काठमाडौँबाट चितवन गएको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा छानबिन प्रतिवेदन बुझाएको छ । महा–सेनानीको नेतृत्वमा गएको समितिले प्रतिवेदन बुझाएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले जानकारी दिए । साउन ७ मा चितवनमा मृत फेला परेका सैनिक हुद्दा भरत गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार प्रयोग भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । गुरुङको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकालले हतियार आफैँले चोरेको स्विकारेका छन् ।

०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि थुनामा छन् । ढकालको साथबाट चितवन प्रहरीले सट मेशिन गन (एसएमजी) बरामद गरेपछि सेनाले छानबिन गर्न ‘विशेष टोली’ लाई चितवन पठाएको थियो । चितवनबाट फर्केको कोर्ट अफ इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जङ्गी अड्डामा बुझाएको छ । कोर्ट अफ इन्क्वायरीले प्रतिवेदन बुझाएपछि कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्माले कोर्टमार्सल (मुद्दा सुनुवाइ गर्ने टिम) गठन गरेका छन् ।

जिल्ला अदालत चितवनले जवान गंगाधर ढकाललाई सैनिक अदालतको जिम्मा लगाएको छ । अदालतको आदेशपछि काठमाडौँ ल्याइएका ढकाललाई कार्यवाहक सेनापतिले तोकेका सैनिक अधिकृतहरूले जंगी अड्डामा कोर्टमार्सल गरिरहेका छन् । कोर्टमार्सल शुक्रवार साँझसम्म सकिने बताइएको छ ।

कोर्टमार्सल सकिएपछि कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे निर्णय हुन्छ । हतियार चोरेको आरोपमा २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैंचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उनीहरू अहिले कारागार कार्यालय भरतपुरमा छन् । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायकरथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार लव कुमार गुरुङलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला सुनाए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ । ‘एसएमजी’ हतियार सहित पक्राउ परेका सैनिक जवान गंगाधर कालिबहादुर गणका होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालीबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो । चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरू बताउँछन् ।

हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोतघरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ । ढकालले प्रहरीसँग ‘अङ्कुसेले तानेर एसएमजी चोरेको’ बयान दिएका छन् ।

यस्तो थियो घटना

आफ्नै सैनिक सहकर्मी भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालको बयानले एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा साढे दुई वर्षयता जेलमा सजाय काटिरहेका दुई सैनिक अमल्दार लवकुमार गुरुङ र सैनिक जवान सरोज तामाङले न्याय पाउने सम्भावना बढाएको छ। नेपाली सेनाले समेत यही बयानलाई केन्द्रमा राखेर दुई सैनिक थुनुवा प्रकरणको पुनः परीक्षण गरिरहेको छ।

त्यसैले ढकालको बयान नै जेल जीवन बिताइरहेका सैनिकका लागि न्यायको चावी बन्ने सम्भावना रहेको सैनिक स्रोतको दाबी छ।

साढे दुई वर्षअघि चितवनको कालिबहादुर गणमा Sterling 9M/m NKR 10079 नम्बरको एसएमजी गन हराएको थियो। त्यही ‘गन चोर’को खोजी गर्ने क्रममा सैनिकद्वय गुरुङ र तामाङलाई गणपति सरोज अधिकारीको नेतृत्वमा रहेको सेनाले सैनिक हिरासतमा राखेर उनीहरुलाई चार महिना चरम यातना दिएको थियो।

त्यतिबेला आफूहरुलाई चार महिना हिरासतमा राखेर आँखामा पट्टी बाँधेर, हातखुट्टामा हतकडी लगाएर मरणासन्न हुने गरी कुटपिट गरेर चोरी कबुल गर्न लगाएको यसअघिको शृंखलामा सरोजले कारागारबाटै नेपाल समयसँग भनेका थिए।

त्यतिबेला सेनाको आरोप थियो– हतियार लवकुमारलाई सरोजले दिएका थिए, अनि लवकुमारले उदयपुरमा बस्ने उनकी जेठीसासु तारा तामाङलाई। अनि ताराले लवकुमारका भाइ टाइचेन भनिने पवन गुरुङलाई।

यही आरोपबमोजिम कबुल गराउन सेनाले लवकुमार र सरोजसँगै उदयपुुर गाईघाट पुगेर तारा र पवनलाई समेत यातना दिएको थियो। ताराले सुनाएको यातनाको विस्तृत वृतान्त हामीले पाँचौं शृंखलामा प्रकाशित गरिसकेका छौँ। यही हतियार चोरीको प्रकरणमा तारा र पवनले समेत ११ महिना कारागारमा बस्नुपरेको थियो। त्यसपछि उनीहरुको संलग्नता पुष्टि नहुने भन्दै जिल्ला अदालत चितवनले रिहा गरेको थियो।

तर, हराएको भनिएको हतियार नभेटिए पनि लवकुमार र सरोज भने अहिलेसम्म जेलमै छन्, ‘गन चोर’को अभियोगमा।

यद्यपि जुन गन चोरेको अभियोगमा उनीहरु यतिबेला कारागारमा छन्, त्यो गन अर्कैको साथमा फेला परेपछि यतिबेला नेपाली सेनामा तरंग मच्चिएको छ। सेनाको कोर्ट मार्सल र अनुसन्धान क्षमतामाथि नै यतिखेर ठूलो प्रश्न उठिरहेको छ।

गत साउन ७ गते चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको थियो। र, त्यो हत्यामा संलग्न गंगाधर ढकालले जुन गन प्रयोग गरेका थिए, त्यो गंगाधर स्वयंले प्रहरीसँगको बयानमा साढे दुई वर्षअघि ०७५ साल जाडोको महिनामा कालीबहादुर गणबाट चोरेको बताएपछि हाल कारागारमा रहेका लवकुमार र सरोजले भोगेको अन्यायपूर्ण यथार्थ बाहिरिएको थियो।

एउटा हराएको गनले कसरी दुई निर्दोष सैनिकलाई जेल पुर्यायो, हामी शृंखलाबद्ध रुपमा लेखिरहेका छौ‌। साढे दुई वर्षअघि कालिबहादुर गणबाट हराएको गन र अहिले गंगाधरको साथबाट भेटिएको गन नम्बर पनि मिलेको छ ।

तर, यही ‘गन’ चोरी गरेको अभियोगमा दुई वर्षअघि कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उदयपुर, गाईघाटका सैनिक अमल्दार लवकुमार गुरुङ र मोरङ सुन्दरहरैंचाका सरोज तामाङलाई सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी लवकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्षको कैद सजाय सुनाएको थियो। त्यतिबेला सैनिक अदालतका अध्यक्ष सहायक रथी, सहदेव खड्का थिए। लवकुमार र सरोज अहिले पनि जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।

लवकुमार र सरोजले न्याय पाउने आशा मारिसकेका थिए। तर, जब हतियार गंगाधरको चोरेको पुष्टि भयो, त्यसपछि फेरि एकपल्ट उनीहरुमा न्याय पाउने आशा जागेको छ।

उनीहरुलाई लागेको थियो– प्रहरीले गंगाधरको अनुसन्धान सकाएर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पक्कै न्याय मिल्ला। तर, प्रक्रिया उनीहरुले सोचेजस्तो भएन।

प्रहरीले हत्या र हतियार चोरी स्वीकारेका ढकाललाई गत मंगलबार कर्तव्य ज्यानसम्बन्धी, अवैध रुपमा हातहतियार राखेको तथा चोरी गरेको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर त गर्यो तर यो मुद्दाको फैसला जिल्ला अदालतले आफैंले भने गरेन। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले यो मुद्दाको मिसिल र गंगाधर दुवैलाई सैनिक अदालतमा बुझाउने आदेश दियो।

गंगाधर ढकालको बयान

जब यो मुद्दा जिल्लाबाट सैनिक अदालतमा पुग्यो, त्यसपछि धेरैलाई यतिखेर संशय थियो– अब लवकुमार र सरोजले न्याय पाउलान् तरु कतै गंगाधरको बयानमै हेराफेरि हुने त होइनरु

तर, हामीले जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री समक्ष जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले गंगाधर ढकालसँग लिएको त्यो बयानको विस्तृत कागज प्राप्त गरेका छौ‌, जसले अब लवकुमार र सरोजका विरुद्ध बयान हेरफेर हुने सम्भावना देखिँदैन। बरु गंगाधरको यो बयानले उनीहरुलाई न्यायमा बल पुग्ने देखिन्छ।

‘म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ। सो समयमा भरतपुरस्थित सेनाको ब्यारेकको चौबिस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ। करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ,’ गंगाधरको यो बयान त हामीले यसअघिको शृंखलामै प्रकाशित गरिसक्यौँ।

महेन्द्र दल गणमा कार्यरत हुनुअघि गंगाधर भरतपुरको कालीबहादुर गणमा दुई वर्ष कार्यरत थिए। त्यतिबेलै गनका बारेमा आफूलाई जानकारी भएको उनले बयानमा बताएका छन्। हाल फेला परेको एसएमजी हतियार उनले चोरी गरेपछि लामो समयसम्म घरको टौवामुनि लुकाएर राखेको समेत उनले खुलाएका छन्।

सरकारी वकिलको कार्यालयमा पुनः बयान लिने क्रममा जिल्ला न्यायाधिवक्तासमक्ष प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले ढकालसँग साढे दुई वर्षअघि हराएको एसएमजी प्रकरणलाई जोडेर पनि प्रश्न गरेका थिए।

पुनः बयानको सवाल नं। १३ मा उनले सोधेका छन्ः -जस्ताको त्यस्तै

‘तपाईंले भरत गुरुङलाई गोली प्रहार गरेपश्चात् गोली प्रहार गरेको हतियार आफूले लुकाएर जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं। ८स्थित झाडीमा लुकाई राखेको छ भनी तपाई स्वयंले देखाएको स्थानबाट बरामद भएको क्तभचष्लिन ढःरm ल्प्च् ज्ञण्ण्ठढद्द लेखिएको हतियारका सम्बन्धमा काली बहादुर गण भरतपुर चितवनको प।स। ६१७५रकार१८र०७५र०७६र१०७, मिति २०७५र११र१९ गतेको पत्रको आधारमा सोही हाल बरामद भएकै नम्बरको हतियार चोरी गरेको सम्बन्धमा टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसमेतलाई हात हतियार खरखजाना कसूरमा मुद्दा दर्ता भई जिल्ला सरकारी वकिल कार्यलय चितवनमार्फत सम्मानित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको पुरानो मिसिल अध्ययनबाट देखिएको हुँदा तपाईंको निज टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग चिनजान, नाता सम्बन्ध छ, छैनरु उक्त हतियार तपाईंले निजहरु तारा तामाङ र टाइचिन भन्ने पवन गुरुङ मार्फत प्राप्त गर्नुभएको हो वा होइनरु उक्त हतियार कालीबहादुर गणको कोतबाट अनाधिकृत रुपमा चोरी गरी निकाली तपाईंले प्रयोग गर्ने कार्यमा निजहरुको संलग्नता रहेको छ÷छैनरु संलग्नता रहेको छ भने के कस्तो संलग्नता रहेको छरु खुलाई लेखाई दिनुहोस्।

वाफमा उनले भनेका छन्ः -जस्ताको त्यस्तै

मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा म बाहेक अन्य कोही कसैको संलग्नता छैन। उल्लेखित टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग मेरो कुनै नाता सम्बन्ध छैन, मैले निजहरुलाई चिन्दिनँ। के कुन आधारबाट निजहरु उपर हातहतियार मुद्दा दताई भई सम्मानित चितवन जिल्ला अदालतमा पेश भएको मलाई थाहा भएन।

त्यसपछि गंगाधरलाई फेरि सरोज र लवकुमारको नाम जोडेर अर्को सवाल गरिएको छः

सिपाही सरोज तामाङको सहयोगमा अमल्दार लवकुमार गुरुङले कालीबहादुर गाण्बाट एसएमजी हतियार निकाली कोठामा लगी राखेको हुँ भनि लेखाएको मिसिल संलग्न रहेको अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले गरेको घटना विवरण कागजमा उल्लेख गरेको हुँदा यस सम्बन्धमा तपाईंको भनाई के छरु निजहरुसँग चिनजान छरछैनरु खुलाई लेखाई दिनुहोस्रु

वाफमा गंगाधरले भनेका छन्ः

मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा मबाहेक अन्य कोही कसैको संलग्नता छैन। निज अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ मैले चिन्दिनँ।

बयानका क्रममा गरिएको सवाल नं। १३ र १४ ले गंगाधर र लवकुमार–सरोजबीच कुनै चिनजान नभएको देखाउँछ। त्यस्तै ११ महिना कारागारमा बिताएर अदालतबाट सफाइ पाएकी लवकुमारकी जेठीसासु तारा र भाइ टाइचिन भनिने पवन गुरुङको पनि गंगाधरसँग कुनै साइनो नरहेको उनले स्वयम् बयानमा स्वीकारिसकेका छन्।

यही दाबी लवकुमारको परिवार र सरोजले यसअघिदेखि नै नेपाल समयसँग गर्दै आइरहेको थियो। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार यतिखेर सैनिक मुख्यालयबाट एउटा टोली हतियार प्रकरणको आन्तरिक अनुसन्धानका लागि चितवनमै खटिएको छ। उनीहरु केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छन्।

तीन दिन अघिमात्रै कारागारमै पुगेर उनीहरुले सरोज र लवकुमारको समेत बयान लिइसकेका छन्। ‘गंगाधरको स्पष्ट बयानले लवकुमार र सरोजलाई न्याय मिल्ने सम्भावना बढेको छ,’ नेपाली सेनाका एक उच्च अधिकारी भन्छन्, ‘जिल्ला अदालतमा प्रमाणिकरण भइसकेको बयानपछि बाहिर हल्ला भएजस्तो गंगाधरको बयान फेरि फेराउने सम्भावना देखिँदैन, न गन नम्बर नै परिवर्तन गर्न मिल्छ। अब लवकुमार र सरोजलाई न्याय दिनु र उनीहरुलाई फसाउने अफिसरहरुमाथि कोर्ट मार्सल गरिनुको विकल्प देखिँदैन।’

कसरी चोरियो ?

ढकालले भरतपुरको कालीबहादुर गणबाट हतियार चोरेर साथीको हत्या गरेको बयान दिएका छन् ।

सैनिक जवानको हत्या र हतियार चोरी प्रकरणमा थप अनुसन्धान तथा कारबाहीका लागि चितवन प्रहरीले अभियुक्त ढकाललाई नेपाली सेना समक्ष भदौ १ गते बुझाएको छ । मिसिलसहित ढकाललाई सेनासमक्ष बुझाइएको चितवन प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

कालीबहादुर गणबाट हराएको भनिएको हतियार र अभियुक्त ढकालले गुरुङको हत्यामा प्रयोग गरेको हतियार एउटै रहेको जानकारी सेनाले दिएको छ ।

प्रहरीका अनुसार विगत राम्रो नभएका गंगाधर ढकाल गाउँमा पनि विवादित थिए । सेनामा भर्ती भएपछि महेन्द्र दल गण भरतपुरमा दुई वर्षजति काम गरे, गण शिवपुरी गएपछि उनी पनि त्यतै गए ।

ढकालले हतियार चोर्ने उद्देश्यले नै घर विदामा आएर सैनिक पोशाक लगाएर चौविसकोठी र त्रिचोकको बीचबाट सेनाको ब्यारेकभित्र प्रवेश गरेको बयान दिएका छन् । काठमाडौं सरुवा भए पनि उनलाई यहाँको गणको अवस्थाबारे जानकारी भएकाले हतियार चोर्न सहज भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार ढकाल सेनाको ब्यारेकको काँडेतारबाट २०७५ पुस ८ गते राति १० बजेतिर छिरे । केही समय झाडीमा लुकेर बसे । राति १२ बजेतिर हतियार राख्ने कोत गारदको पछाडिको झ्यालबाट भित्र पसे र हतियार चोरे ।

लुटपाट गर्ने उद्देश्यले उनले ब्यारेकबाट पेस्तोल चोर्ने योजना बनाएका थिए । तर ढकालले पेस्तोल भेटेनन् । एम–१६ गह्रुंगो हुने भएकाले फोल्डसमेत गर्न सजिलो हुने भएकाले एसएमजी चोरेको पाइएको प्रहरी बताउँछ ।
हतियार चोरेर घरमा भएको परालको टौवामुनि लुकाएको उनको बयान छ । हतियार चोरेको परिवारका सदस्यलाई भने जानकारी नगराएको ढकाललाई उद्धृत गर्दै प्रहरी स्रोतले जनाएको छ ।

अहिले कार्यरत गणबाट उनले ७९ वटा गोलीसमेत जम्मा पारेका थिए । ७१ वटा गोली लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । उनको झोलामाट ५ र घटनास्थलमा तीनवटा गोली र खोका फेला परेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board