काठमाडौँ, ११ भदौ । पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी अगाडि बढेका छन् । उनले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नुअघि पशुपतिनाथ मन्दिरलगायतका पुजारीको आशिर्वाद लिएका छन् । निधिका प्रेस सल्लाहाकार रामजी दाहालले भने, ‘सभापतिको निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष लिनुभयो ।’निधिले सम्पर्क कार्यालयमार्फत महाधविशेनका सम्पूर्ण तयारीको समन्वय गर्ने र दैनिक कार्यालयमा उपस्थित हुने बताएका छन् ।
काँग्रेस नेता निधिले सम्पर्क कार्यालय खोल्नुअघि पुजारीको आशिर्वाद लिए
प्रतिक्रिया