तालिबानले भारतीय वायु सेनाको विशेष विमानलाई उड्न दिएन

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय वायु सेनाको एक विशेष विमानलाई उड्न नदिइएको खबर सार्वजनिक भएको छ ।तालिबानको कब्जापछि असुरक्षित बनेका आफ्ना नागरिक लिन काबुलको हामिद कारजाई विमानस्थल पुगेको भारतीय वायु सेनाको विशेष विमानलाई त्यहाँबाट आउन नदिइएको हो । भारतको अंग्रेजी पत्रिका द हिन्दुले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहको भनाइ उद्धृत गर्दै दिएको रिपोर्टमा तालिबानले कम्तीमा १४० अफगान सिख, हिन्दु र अन्य यात्रुलाई विमानस्थल जान रोकेका छन् । अध्यक्ष सिंहले काबुलबाट उनीहरूको उद्धार गर्न विदेश मन्त्रालय र भारतीय वायु सेनासँग समन्वय गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति