अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा

काठमाडौं, ११ भदौ। राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदन संवैधानिक इजलासका पेशीमा चढेको छ ।

तर यसअघिका निवेदनहरुकै चाङ भएकाले ती निवेदन शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको सर्वोच्च अदालत स्रोतले बतायो । ती निवेदनहरुभन्दा अघि अरु २०/२२ वटा निवेदनहरु सुनुवाई गर्नुपर्ने भएकाले छिटोमा अर्को शुक्रबार मात्रै सुनुवाईका लागि पालो आउने सम्भावना छ । बुधबार र शुक्रबार सर्वोच्च अदालतका संवैधानिक इजलास बस्ने भएपनि शुक्रबारमात्रै नयाँ निवेदनको सुनुवाईको पालो पर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति