जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौं, १० भदौ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।

त्यस्तै नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनप्रधान सिंहलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको कार्कीले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति