थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण, १ हजार ९ सय २९ जना निको

काठमाडौं, १० भदौ ।पछिल्लो २४ घण्टामा दुई हजार चार सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार तीन सय ७४ जनामो नमुना परीक्षण गर्दा दुई हजार चार सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव ९२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ३६ हजार आठ सय ८३ पुगेको छ ।

यस्तै २४ घण्टामा एक हजार नौ सय २९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख पाँच हजार आठ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा सङ्क्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ ।

अहिले नेपालमा ३८ हजार तीन सय ८४ जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय २० जनाको आईसीयू र एक सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति