आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने माधवकुमार नेपालको योजना

काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने योजना रहेको बताएका छन् ।

२००९ फागुनमा जन्मिएका नेपालले भर्खरै नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएको बताए ।

आजीवन राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘मेरो मोटो कुरा के छ आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’ यद्यपि पार्टीका नेताहरुले अहिले नै त्यसो नभन्नुस् है भनेको उनले सुनाए ।

नेकपा एमालेमा रहँदा पनि केपी ओलीलाई विदा गरेर युवा पुस्तालाई नेतृत्व लिन आग्रह गरेको अध्यक्ष नेपालले बताए । ‘मैले त अहिले नै भनेको थिए, केपी ओलीलाई विदा गरेर युवा पुस्ताले सम्हालोस् । सम्हाले भइो, मेरो सहयोग रहन्छ’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति